काठमाण्डु – नेकपा एकीकृत समाजवादीले केही नेताको जिम्मेवारी हेरफेर गरेको छ ।
केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले केही नेताको जिम्मेवारी हेरफेर गरेको उपमहासचिव तथा प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकले लुम्बिनी प्रदेशका अध्यक्ष सोम पाण्डेलाई रुपन्देही जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मालाई प्रदेश सहइन्चार्ज तथा कार्यबाहक अध्यक्ष श्रीनाथ बराललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको छ ।
बैठकले लुम्बिनी प्रदेश सचिव राजु गुरुङको राजीनामा स्वीकृत गर्दै सचिवमा अशोक कोइराला चयन गरेको छ ।
बैठकले माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद् सदस्यहरूको रिक्त स्थानमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया