कतारमा मासिक ४५ हजार तलबको काम लगाइदिने प्रलोभनमा पारेर ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

कतारमा मासिक ४५ हजार तलबको काम लगाइदिने प्रलोभनमा पारेर ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कतार पठाउने प्रलोभनमा पारेर करीब ३ लाख लिएर सम्पर्कविहीन भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–२ घर भएका २४ वर्षीय मनोजकुमार साह छन् ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको छ । पक्राउ परेका साहलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालयमा पठाइएको छ ।

उनले २ लाख ९० हजार रुपैयाँ लागतमा कतार पठाउँछु भन्दै डम्बरकुमार पाहिकबाट रकम लिएर फरार भएका थिए । मासिक ४५ हजार तलब हुने प्रलोभनमा पारेपछि डम्बरले साहलाई २ लाख ९० हजार दिएका थिए ।