काठमाण्डु – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका २ जनालाई ४ दिन हिरासतमा राख्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ ।
बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका २ जनालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
अदालतले उद्योगी अरुण चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायणसिंह थापालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाण्डुको बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उद्योगी चौधरी र थापालाई सीआईबीले बिहीवार दिउँसो पक्राउ गरेको थियो । कारखानाका अध्यक्ष सञ्जय ठाकुरलाई सीआईबीले नियन्त्रणमा लिए पनि अदालतमा पेश गरेको छैन ।




प्रतिक्रिया