मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब १० केजीसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
सर्लाहीको बागमती नगरपालिका–१२ बस्ने १९ वर्षीय निशान गोलेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट विराटनगरतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ०४५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार गोलेलाई गाँजासहित पक्राउ गरेको छ ।
गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया