केपी ओली सरकारमा गएपछि मधेशको रूप बदलियो : महासचिव पोखरेल

केपी ओली सरकारमा गएपछि मधेशको रूप बदलियो : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेशको भाग्य निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन् ।

नेकपा एमाले रौतहटको प्रथम प्रतिनिधि परिषद् बैठकलाई बिहीबार गौरमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले मधेश निर्माणको योजना अघि सारेको बताए ।

आफूलाई मधेशका मसिया हौं भनेर गफ दिनेहरूले मधेशका जनताको हितमा काम नगरेको पोखरेलले बताए । उनीहरूले मधेशका जनतालाई झुक्क्याउने र ठग्ने काम मात्र गरेका पोखरेलको भनाई छ ।

तराईमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउन सुनकोसी–मरिण डाइभर्सन आयोजना केपी ओलीले सुरु गरेको उनले स्मरण गराए । पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग विस्तार र स्तरोन्नतिको काम पनि नेकपा एमाले नेतृत्वको सरकारले नै गरेको पोखरेलले बताए ।

‘एमाले नभएको भए कसैले सुनकोसी–मरिन डाइभर्सनको योजना बनाउन सक्थ्यो ?’ उनले प्रश्न गरे, ‘जसले जनताको भाग्य निर्माण गर्न सक्छ, त्यो नै मधेशको मसिहा हुन्छ । एमालेले हुलाकी सडक बनायो, जसले मधेशका सदरमुकामको रूप–रंग बदल्यो, सुनकोसी–मरिन डाइभर्सन आयोजना अगाडि बढायो ।’

महासचिव पोखरेलले देश विकासका लागि केपी शर्मा ओली नै चाहिन्छ भन्ने कुरा पुष्टि भइसकेको बताए । एमाले र केपी ओली सरकारको नेतृत्वमा नहुँदा देश विकासको काम ठप्प भएको उनले बताए ।

माधव नेपालले कैयौपटक जिते पनि रौतहट र मधेशको विकासमा ध्यान नदिएको बताए । ‘माधव नेपाललाई हामीले पार्टीको प्रमुख बनायौं, पटक–पटक सरकारमा पठायौं, उपप्रधानमन्त्री, प्रधानमन्त्री, पार्टी सरकारमा जाँदा हर्ताकर्ता भए पनि रौतहटको अवस्था बदलिएन, रौतहटको, मधेशको अवस्था बदल्नका लागि यो पार्टीमा केपी ओलीको नेतृत्व चाहिने रहेछ भन्ने तपाईंहरूले अनुभूत गर्नुभएको छ, केपी ओली सरकारमा आएपछि मधेश बदलियो,’ उनले भने ।