काठमाण्डु – राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि माघ र फागुन महिनाको सम्भावित कार्यसूची स्वीकृत भएको छ ।
आज शुक्रबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची स्वीकृत गरेको हो ।
संसद्को आउने अधिवेशनमा सरकारले कति वटा, के–कस्ता विधेयक दर्ता गराउने हो ? सो विषयको जानकारी पनि संसद् अधिवेशन प्रारम्भ हुनुभन्दा अगावै संसद्लाई जानकारी दिन आग्रह गर्ने निर्णय भएको छ ।
राष्ट्रिय सभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने हो भन्ने विषय टुंगो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।




प्रतिक्रिया