काठमाण्डु- नेकपा एमाले धादिङको जिल्ला कमिटीको अधिवेशनमा विवाद भएको छ । शुक्रबार सुरु भएको जिल्ला अधिवेशनको आज बन्द सत्र हुने कार्यसूचि रहेको थियो। तर बन्द सुरु हुनु अगावै अधिवेशन स्थगित गरिएको हो ।
बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले कुटाकुटपछि अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरेका छन् । अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तीमा अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको उल्लेख छ। त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको ढुंगेलले बताए।
एमाले धादिङको जिल्ला कमिटीको अधिवेशन स्थगित नभएको अध्यक्ष भूमि त्रिपाठीले जनाएका छन् । बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले कुटाकुटपछि अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरे लगत्तै त्रिपाठीले अर्को विज्ञप्ति जारी गर्दै २०८० माघ १९ गते देखि जारी नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्द सत्र सञ्चालन भई रहेको बताएका हुन् ।






प्रतिक्रिया