काठमाण्डु – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले दरबार हत्याकाण्ड छानबिनको प्रश्न उठिरहँदा माधव नेपालमाथि नैतिकताको प्रश्न सिर्जना भएको बताएका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा प्रतिक्रिया लिनका लागि राखेको अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले वीरेन्द्रको वंशनाशपछि प्रधानमन्त्री बनाइदेऊ भन्दै नेता नेपालले ज्ञानेन्द्रको पाउमा दाम चढाएको दाबी गर्दै उनीमाथि नैतिकताको प्रश्न उठेको बताए ।
नेता बस्नेतले अहिले पुनर्उत्थानवादी शक्तिहरूले टाउको उठाउन खोजेको र बैंकका ठगहरूले ज्ञानेन्द्रलाई उचालिरहेको आरोप लगाए । दरबार हत्याकाण्ड छानबिनको प्रश्न उठिरहे पनि प्रचण्डले छानबिन गर्छन् भन्ने आफूलाई नलागेको बताए ।




प्रतिक्रिया