संसद् बैठकमा अध्यक्षता गर्न यी ७ सांसद मनोनित

संसद् बैठकमा अध्यक्षता गर्न यी ७ सांसद मनोनित


काठमाण्डु – सभामुख देवराज घिमिरेले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न ७ सांसद मनोनित गरेका छन् ।

आज सोमबार सुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरेका हुन् ।

सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ, रामकृष्ण यादवलाई मनोनयन गरिएको सभामुख घिमिरेले जानकारी दिए ।

हिउँदे अधिवेशन सुरु भएलगत्तै सभामुखले माघ २४ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् ।