कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन् । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताए ।

चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसद्मा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँदै अध्यक्ष दाहालले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरुलाई आग्रह गरेकाे माओवादी केन्द्रका सचेतक रुपा सोशी चौधरीले जानकारी दिए ।

बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो ।