भोलि प्रतिनिधिसभा बैठक बस्ने, सम्भावित कार्यसूचीमा शोक प्रस्ताव

भोलि प्रतिनिधिसभा बैठक बस्ने, सम्भावित कार्यसूचीमा शोक प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा हिउँदे अधिवेशनको दोस्रो बैठक भोलि बुधबार बिहान बस्ने भएको छ ।

कार्यबाहक महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बुधबारको बैठकमा शोक प्रस्ताव पारित गरिनेछ ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएकोमा प्रतिनिधि सभामा शोक प्रस्ताव पारित गरिने जनाइएको छ ।

बैठकको सम्भावित कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही ऐन संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।