स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले स्रोत नखुलेको रकमसहित २ जनालाई पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीबाट स्रोत नखुलेको नगद ४ लाख ५० हजार रूपैयाँसहित बाराको फेटा गाउँपालिका–३ बैरिया बस्ने ३८ वर्षीय वीरेन्द्रप्रसाद गुप्तालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रदेश २–०३ प ५६६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा गुप्ताले जिन्स पाईन्टको खल्ती र जुत्ताभित्र लुकाई राखेको नगद फेला पारी पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–८ भद्रपुर विमानस्थलबाट स्रोत नखुलेको ३० हजार भारतीय रूपैयाँ, ९ हजार २०० अमेरिकी डलर, अन्य विभिन्न देशका नोटहरू तथा विभिन्न बैंकका एटीएम कार्डसहित भारतको आन्द्रप्रदेश बस्ने ४२ वर्षीय पोलागानी तिरूमाला रावलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानद्वारा भद्रपुरदेखि काठमाण्डु जान लागेका रावको लगेज जाँच गर्ने क्रममा नगद फेला पारी पक्राउ गरिएको छ ।

बरामद नगद सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।