डडेल्धुरा, नुवाकोट र चितवनको मात्रै देश हो नेपालः अमरेशकुमार सिंह

डडेल्धुरा, नुवाकोट र चितवनको मात्रै देश हो नेपालः अमरेशकुमार सिंह


काठमाण्डु- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले बजेट विनियोजन गर्दा तीन जिल्लालाई मात्र हेरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले सरकारमा रहेका तीन नेताको गृहजिल्लामा मात्र बजेट गएको भन्दै तीन जिल्लामात्र नेपाल हो भन्दै प्रश्न गरेका हुन् ।

‘‘सरकारले गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी अहिलेसम्म गरेको छैन। काम सुरु भएको छैन। काम तीन जिल्लामा मात्रै सुरु भएको छ। अर्थमन्त्रीको जिल्ला नुवाकोट,डडेल्धुरा र चितवन।’, उनले भने ।