काठमाण्डु – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले किसानले भैंसी बेचेको ४–५ पैसा बोकेर हिँड्ने वातावरण नभएको गुनासो गरेका छन् ।
बुधबार प्रतिनिधि सभामा सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकबारे छलफलमा बोल्दै उनले भैंसी बेचेको पैसा बोकेर हिँडेका किसानलाई प्रहरीले भेटेमा सम्पत्ति शुद्धिकरणको मुद्दामा जेल हाल्ने गरेको आरोप लगाए ।
उनले भने, ‘आयस्रोत के हो कहाँबाट ल्याइस् भनेर समात्छ । भैंसी बेचेर पैसा ल्याएको भन्यो भने पुलिसले पत्याउँदैन अनि त्यसलाई मनि लाउन्डरिङ अन्तर्गत जेल हालिन्छ ।’
प्रहरीको यस्तो पद्धति अन्त्य गर्न सांसदहरूले बनाउने कानूनले सहयोग गर्नुपर्ने उनले बताए । क्यासिनो खोल्न दिने तर अर्बौं रोयल्टी नतिर्ने वातावरणको पनि अन्त्य हुनुपर्ने उनले बताए ।




प्रतिक्रिया