काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै प्रधानमन्त्री फेर्ने बेला नभएको बताएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले सरकारको नेतृत्व फर्नुपर्ने अभिव्यक्ति दिएका बेला अध्यक्ष नेपालले सरकारको नेतृत्व फेर्ने विषयमा छलफल गर्ने बेला नभएको प्रतिक्रिया दिएका छन् ।
आज बुधवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताए ।
उनले भने, ‘मेरो सामुन्नेमा त कसैले पनि दाबी गरेको छैन । कुनै पार्टीले पनि दाबी गरेको मैले सुनेको छैन । अब व्यक्ति विशेषको चाहना होला, पार्टी विशेषको पनि होला । त्यो भयो भने छलफलमा आउँला । आइसकेपछि उपयुक्त, योग्य व्यक्तिहरूको छनोट होला । अहिले जो प्रधानमन्त्री हुनुहुन्छ, सरकार छ । यसले नै संसद्को यो नयाँ अधिवेशनमा आफ्नो नीति, कार्यक्रम त्यसपछि बजेट यी सबै ल्याउने हो । त्यसकारण यस्तो बेलामा को–को प्रधानमन्त्री ? को–को मन्त्री भनेर छलफल चलाउनु ठीक हुँदैन । मन्त्रीहरू फेर्ने नै हो भने पनि सुटुक्क गर्ने विषय हो ।’




प्रतिक्रिया