घुससहित पक्राउ परेका शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृतलाई ३ महिना कैद सजाय

घुससहित पक्राउ परेका शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृतलाई ३ महिना कैद सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुपन्देहीको शुद्धोधन गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

आज शुक्रबार अदालतले उनलाई ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

अदालतका सदस्यत्रय खुसीप्रसाद थारु, तेजनारायण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय सुनाएको हो । प्रमुख प्रशासकीय अधिकृत मरासिनीका साथै २ जनालाई मतियार मानी आधा सजाय सुनाइएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

मुद्दा दायर भएको ७ महिनापछि अदालतले फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मरासिनीसहित गाउँपालिका–७ का अध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरालाई सेवाग्राहीसँग ५० हजार लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

मरासिनी तथा वडाध्यक्ष यादवले नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थपका लागि सेवाग्राहीसँग रकम माग गरेका थिए तर रकम लिन भरलाई पठाएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।