भरूवा बन्दुक र लागूऔषधसहित २ जना पक्राउ

भरूवा बन्दुक र लागूऔषधसहित २ जना पक्राउ


उदयपुर – प्रहरीले भरुवा बन्दुक र लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बेलका नगरपालिका–६ बस्ने २४ वर्षीय दिपेश राई र बेलका–९ बस्ने ३० वर्षीय भुपेन्द्र राईलाई भरूवा बन्दुक र लागूऔषधसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले दिपेशको घर तलासी गर्दा लोड गरी राखेको अवस्थामा भरूवा बन्दुक १ थान, बन्दुकमा लाग्ने बारूद, नियन्त्रित लागूऔषध ट्रामाडोल १२ चक्की र गाँजा ५ सय १० ग्राम फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।