सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु


काठमाण्डु – सवारीसाधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

झापाको दमक नगरपालिका–१ देवान चोकमा को१०प ९९३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दमक नगरपालिका–१ भाङबारी बस्ने ६४ वर्षीय रामकुमार राईको शुक्रबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक हुँदै बीएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको दमक अस्पतालमा उपचार भइरहेको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित सडकमा ना४ख ७०७४ नम्बरको ट्रकले प्र १–०२–०५३ प ५५२८ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक पथरीशनिश्चरे नगरपालिका–१० बस्ने ५५ वर्षीय श्रीकुमार काङवाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।