सरुवा गरिएका कर्मचारी विमानस्थल अध्यागमन जान मान्दैनन्ः गृहमन्त्री श्रेष्ठ

सरुवा गरिएका कर्मचारी विमानस्थल अध्यागमन जान मान्दैनन्ः गृहमन्त्री श्रेष्ठ


काठमाण्डु- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लो समय त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा भएर कर्मचारी जान नमान्ने गरेको बताएका छन् ।

आइतवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने क्रममा उनले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा भएर कर्मचारी जान नमान्ने बताएका हुन्।

‘अहिले विमानस्थल अध्यागमन कार्यालयमा जाने कर्मचारी पाइँदैन। पहिला तँछाड-मछाड हुन्थ्यो । हाम्रा कर्मचारी राम्रो ठाउँ बस्न आएको विश्वास गुम्यो होला। हामी गृह मन्त्रालयका कर्मचारी हामी नै खटाउँछौँ। अध्यागमनमा खटाइएका कति कर्मचारी त्यहाँ जान सकेका छैनन्।’, उनले भने ।