त्रिभुवन विमानस्थल अध्यागमनमा लाइन बस्न नपर्ने बनाउन राज्य व्यवस्था समितिको निर्देशन

त्रिभुवन विमानस्थल अध्यागमनमा लाइन बस्न नपर्ने बनाउन राज्य व्यवस्था समितिको निर्देशन


काठमाण्डु- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा लाइन बस्न नपर्ने गरी सेवा दिन निर्देशन दिएको छ ।

आइतवार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवर, अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङसँग छलफलपछि समितिले कर्मचारी थपेर भए पनि विमानस्थलमा लाइन बस्न नपर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी जनशक्ति थप गरी बाहिरबाट आउँदा भीड नहुने गरी सहजता दिन पहल गर्न निर्देशन दिने ।’, निर्देशन सुनाउँदै सभापति रामहरि खतिवडाले भने