कुमारी बैंकको २३ औं वार्षिक साधारणसभा सम्पन्न

कुमारी बैंकको २३ औं वार्षिक साधारणसभा सम्पन्न


काठमाण्डु – कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारणसभा आइतबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।

सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९-८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८०-८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरियो ।

उक्त सम्पन्न साधारण सभामा भएको संचालक चुनावमा स्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ,पशुपति मुरारका, तथा सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।