हजार दरका १८ हजार २५१ थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

हजार दरका १८ हजार २५१ थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ


सुनसरी – जिल्लाको ईनरूवा नगरपालिका–४ बाट १ हजार दरका १८ हजार २५१ थान नक्कली नोट गरी जम्मा १ करोड ८२ लाख ५१ हजार नक्कली रूपैयाँसहित भारतको बिहार राज्य बिरपपुर–५ का २२ वर्षीय छोटु भन्ने मोहमद सैयाद साफीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीभित्र लुकाइछिपाई राखेको अवस्थामा नक्कली नोट फेला पारी गाडीका चालक साफीलाई गाडीसहित पक्राउ गरेको हो ।

नक्कली नोट सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।