दुर्गा प्रसाईं र राजेन्द्र लिङ्देनबीच सहकार्यको सहमति

दुर्गा प्रसाईं र राजेन्द्र लिङ्देनबीच सहकार्यको सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाले नैतिक समर्थन गरेको छ ।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले आज भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूले नैतिक समर्चन गरेका हुन् ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रसाईंको कार्यक्रममा पार्टीका नेताहरू संस्थागत रूपमा नभइ , व्यक्तिगत रूपमा सहभागि हुनेछन् । सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंबीच सहकार्य गर्ने सहमति भएको जानकारी उनले दिए।

प्रसाईँसँग सहकार्यको गृहकार्य गर्न राप्रपाले डा. धवलशम्शेर राणा र हेमजंग गुरुङको वार्ता समिति बनाइएको छ । यसभन्दा अघि मंसिर ७ गते गरेको पप्रसाईं नेतृत्वको कार्यक्रमलाई भने राप्रपाले साथ दिएको थिएन । त्यसबेला अध्यक्ष लिङ्देनले दुर्गा प्रसाईँको आलोचना पनि गरेका थिए ।