काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्याय सम्बन्धीको विषय सहमतिबाटै टुंग्याउनुपर्ने बताएका छन् ।
आज मंगलबार काठमाण्डुमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पीडितमैत्री ऐन बनाएर टीआरसी विधयक टुंग्याउनुपर्ने बताए ।
संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाइनु नहुने उनले बताए ।
सर्वोच्च अदालतले दिएको निर्देशक, मानव अधिकार आयोगको निर्देशनलाई मध्यनजर राखेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून बनाइनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘यसमा कुनै पनि किसिमको कमी–कमजोर गयौं भने यहाँ बनाउँला, संसद्ले पास गर्ला तर अन्तरराष्ट्रिय समुदायले स्वीकारेन भने हामी कतैको हुँदैनौं । त्यसैले यो संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्छ ।’
नेता कोइरालाले नेपालमा नेताहरूका लागि मात्र लोकतन्त्र आएको टिप्पणी गरे । ‘नेताहरूका लागि लोकतन्त्र आएको छ तर जनताको, नागरिकको लागि लोकतन्त्र आएको छैन भन्ने मैले ठहर गरेको छु,’ उनले भने ।




प्रतिक्रिया