बीजेपीका संस्थापक नेता जसवन्त सिहंका स-परिवार कांग्रेस आईमा प्रवेश

बीजेपीका संस्थापक नेता जसवन्त सिहंका स-परिवार कांग्रेस आईमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयां दिल्ली – भारतीय सत्तारुढ पार्टी ‘बीजेपी’का संस्थापक सदस्य तथा पूर्व विदेशमन्त्री जसवन्त सिहंका छोरा मानवेन्द्र सिंहलाई बुधबार कंग्रेस अध्यक्ष राहुल गान्धीले पार्टी प्रवेश गराएका छन् ।

कंग्रेस आईका अध्यक्ष गान्धीको उपस्थितिमा सिंह, उनका छोरा मानवेन्द्र सिंह, उनकी बुहारी चित्रा सिंह, सिंहका अर्का छोरा भुपेन्द्र सिंह र जसवन्त पत्नी शीतल कवरले कंग्रेसको सदस्यता लिएका हुन्। सो अवसरमा कंग्रेसका महासचिव अशोक गहलोत र राजस्थान कांग्रेसका प्रदेश अध्यक्ष सचिन पायलट पनि उपस्थित रहेका थिए।

२०१९ को आम निर्वाचन नजिकिदा जसवन्तले कांग्रेस प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। कांग्रेसका सचिव हरीश चौधरीले सिंह परिवारको कांग्रेस प्रवेशपछि कांग्रेस थप बलियो भएको प्रतिक्रिया दिएका छन्। राजस्थानका ‘राजपूत’हरु बिजेपीको भोट बैंकका रुपमा चिनिन्छन्।

आगामी निर्वाचनमा कांग्रेसले राजपूतलाई कांग्रेसमा जोड्ने प्रयासमा लागेको छ।  राजपूत नेताहरुकै सल्लाहमा कांग्रेसले राजपूत समुदायलाई आफ्नो पार्टीमा ल्याउने प्रयास गरेको भारतीय सञ्चार माध्यमले बताएका छन्।