ललितले लिए दोस्रो विकेट,नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

ललितले लिए दोस्रो विकेट,नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विश्वकप लिग- २ नामिबियाको दोस्रो विकेट गुमेको छ। नेपालका बलर ललित राजबंशीले खेलमा व्यक्तिगत दुई विकेट लिएका हुन्।

ललितको बलमा कुशल भुर्तेलले क्याच गर्दा निकोलस डाभिन आउट भएका हुन्। १३३ रनको लक्ष्य पाएको नामिबियाले अहिलेसम्म २७ रन बनाएको छ।

‍पौडेलको कप्तानीमा रहेको नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, अनिल शाह, पवन सर्राफ, कुशल मल्ल, करण केसी, सोमपाल कामी, गुल्शन झा र ललित राजवंशी खेलिरहेका छन्। आजको खेलमा आजको खेलमा आसिप शेख र देव खनाल बेन्चमा रहेका छन्।

लिग-२ को २०२४-२७ को सर्कलमा यो पहिलो शृंखला हो। नेपाल र नामिबियासहित नेदरल्यान्ड्सले यस शृंखलामा प्रतिस्पर्धा गरिरहेको छ। तीन वर्ष चल्ने लिग २ मा ८ टोलीले ९-९ शृंखलामा ३६ खेल खेल्ने छन्।