दलहरुलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन,विधान वा चिह्न फेरिए ३० दिनभित्र जानकारी दिनु

दलहरुलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन,विधान वा चिह्न फेरिए ३० दिनभित्र जानकारी दिनु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –निर्वाचन आयोगले सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ ।

बिहीबार बसेको आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी,पद,पदाधिकारी हेरफेर,सदस्यता लगायतका विषयमा १५ बुँदे निर्देशन दिएको हो ।

‘दलले आफ्नो नाम, विधान,नियम,छाप,झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र आयोगलाई दिने’, आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।