अवैध लागूऔषधसहित २ जना पक्राउ

अवैध लागूऔषधसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले धनुषा र मकवानपुरबाट अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

धनुषाको विदेह नगरपालिका–९ तरहीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करीब १० किलोसहित महोत्तरी भंगहा नगरपालिका–९ बस्ने २१ वर्षीय अमरकुमार साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईटहर्वाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई पक्राउ गरेको छ ।

यसैगरी मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेबाट अवैध लागूऔषध चरेश करीब २० किलोसहित थाहा नगरपालिका–८ देवीथान बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना८ख ३५६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको छ ।

बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।