काठमाण्डु- नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।
ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको कमजोरी औँल्याएसँगै एमालेले उनलाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको हो ।
मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण घटना भएको निष्कर्ष आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उनलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
‘तत्काल उहाँलाइ मन्त्री पदबाट बर्खास्त गरिनुपर्छ र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ ’, उनले भने, ‘यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाहिँ उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामाा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्विकार्य हुने अबस्था रहँदैन ।’




प्रतिक्रिया