मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रो पटक विश्वासको मत लिँदै छन् ।

मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लिन लागेका हुन्। यसका लागि आज आइतबार २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

यसैबीच नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । यसबारे निर्णय गर्न मध्याह्न १२ बजे एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन् । यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन् ।