काठमाण्डु – प्रहरीले काठमाण्डुका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ ।
कीर्तिपुर नगरपलिका–६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जनसहित १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५९९ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
यसैगरी काठमाण्डुको कीर्तिपुर नगरपालिका–१ अमृतनगर बस्ने ५१ वर्षीय भक्तबहादुर राईको टहरामा जुवातास खेलिरहेको अवस्थामा राईसहित ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया