१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४१ वर्षीय पुरुष पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४१ वर्षीय पुरुष पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – जिल्लामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

उर्लावारी नगरपालिका–५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले ती किशोरीलाई ललाइफकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका–४ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।