एमाले केन्द्रीय कमिटी बैठक बस्दै,यी एजेन्डामा हुनेछ छलफल

एमाले केन्द्रीय कमिटी बैठक बस्दै,यी एजेन्डामा हुनेछ छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । एमाले केन्द्रीय कमिटी बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्नेछ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

एमालेले केन्द्रीय कमिटी बैठकको ६ वटा कार्यसूची तय गरेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् ।

बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’ तथा समसामयिक प्रस्ताव छन् ।