कांग्रेसभित्र हिन्दूराष्ट्रको पक्षमा लहर, झण्डै ९०० प्रतिनिधिको हस्ताक्षर संकलन

कांग्रेसभित्र हिन्दूराष्ट्रको पक्षमा लहर, झण्डै ९०० प्रतिनिधिको हस्ताक्षर संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसमा हिन्दूराष्ट्र नेपाल स्थापनाको पक्षमा लहर देखिएको छ ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानका लागि झण्डै ९०० प्रतिनिधिले हस्ताक्षर गरेका जनाइएको छ ।

हिन्दूराष्ट्रको पक्षमा पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य डा. शशांक कोइराला, पूर्व सभामुख तारानाथ रानाभाट लगायतले पनि हस्ताक्षर गरेका छन् । हालसम्म केन्द्रीय सदस्य र महासमिति सदस्य गरी करीब ९०० जनाले हस्ताक्षर गरेका बताइएको छ ।

शनिबार सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान घोषणा भएको थियो ।

महासमिति बैठकको पूर्व सन्ध्यामा केन्द्रीय समिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै २२ जना केन्द्रीय सदस्यले नेतृत्वलाई हस्ताक्षर बुझाएका थिए ।