गठबन्धन सरकारप्रति पार्टीभित्र बृहत् असन्तुष्टि छ, देशले नयाँ कोर्स माग्यो : झलनाथ खनाल

गठबन्धन सरकारप्रति पार्टीभित्र बृहत् असन्तुष्टि छ, देशले नयाँ कोर्स माग्यो : झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीभित्र बृहत् असन्तुष्टि रहेको बताएका छन् ।

आज बुधबार झापामा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले सरकारमा आफ्नो पार्टी निमित्तमा सहभागी बनेकोले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए ।

देशले नयाँ कोर्सको माग गरिरहेको बताउँदै उनले आमजनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको सोचविचार, नीति कार्यक्रम बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने बताए ।

गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको बताउँदै उनले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताए ।

‘देशले नयाँ कोर्सको माग गरिरहेको छ । देशका आमजनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ,’ उनले भने, ‘सरकारले ल्याएको नीति र कार्यक्रमले जनतालाई छोएको छैन । यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो बृहत् असन्तुष्टि छ ।’

पूर्व प्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरू विदेश पलायन भइरहेको बताए ।