रास्वपाको चेतावनी- सरकारले प्रतिपक्षलाई नटेरेपछि संसद् चल्न दिदैँनौ

रास्वपाको चेतावनी- सरकारले प्रतिपक्षलाई नटेरेपछि संसद् चल्न दिदैँनौ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदप्रति सरकार जबाफदेही नभए संसद् चल्न नदिने चेतावनी दिएका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सरकारले प्रतिपक्षलाई नटेरेपछि संसद चल्न नदिने चेतावनी दिएका हुन् ।

‘त्यो प्रतिवेदन कति लामो छ ? पढ्न गाह्रो भए हामीलाई दिनुस् वाचन गरेर सुनाइदिन्छौ । म सरकारलाई चेतावनी पनि दिन चाहन्छु त्यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद् अवरुद्ध हुन्छ । आन्दोलन पनि हुन्छ ।’, उनले भने ।

यता नेकपा एमालेले आफ्ना माग पुरा नभएसम्म संसद अवरुद्ध गर्ने अडान राखेको छ ।