काठमाण्डु- नेपाली कांग्रेसको महासमिति बैठकमा महासमिति सदस्य नै नरहेका व्यक्तिले प्रतिवदेनको छलफलमाथि धारणा राखेपछि विवाद भएको छ।
ललितपुरको गोदावरीमा बिहीबार जारी बैठकमा बागमती र गण्डकी समूहमा भइरहेको छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिएपछि प्रतिनिधिहरूले आपत्ति जनाएका हुन्। श्रेष्ठ महासमिति सदस्य नभएको गोरखाका पार्टी सभापति नन्दप्रसाद न्यौपानेले बताएका छन् ।
‘महासमिति सदस्यले नै बोल्न पाएका छैनन्। प्रतिनिधि नै नभएका व्यक्तिलाई बोल्न समय दिइयो । विधि मिच्ने काम भएकाले हामीले विरोध गरेका हौं।’, कांग्रेस गण्डकी सचेतकसमेत रहेका उनले भने । यसैबीच बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँ र गण्डकी सभापति शुक्रराज शर्माले श्रेष्ठलाई बोल्न दिइएकोमा माफी मागेका छन्।




प्रतिक्रिया