काठमाण्डु – सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा नुवाकोटको शिवपुरी गाउँपालिका–४ घर भई काठमाण्डुको टोखा नगरपालिका–११ बानियाटार बस्ने २७ वर्षीय किरण थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबूक म्यासेन्जरमार्फत गोप्य फोटो तथा भिडियो सामग्री एकआपसमा साटासाट भएको र सम्बन्ध बिग्रिएपछि पीडकले फोटो एवं भिडियो पीडितका आफन्त तथा परिवारजनमा पठाई चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा थापाको संलग्नता खुल्न आएपछि उनलाई काठमाण्डुको गोंगबुबाट पक्राउ गरेको छ ।
उनलाई आवश्यक कारबाहीको लागि काठमाण्डु जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया