गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै लघुवित्त पीडितले काठमाण्डुमा गरे प्रदर्शन

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै लघुवित्त पीडितले काठमाण्डुमा गरे प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै लघुवित्त पीडितहरूले शुक्रबार काठमाण्डुमा प्रदर्शन गरेका छन् ।

लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने तथा वित्तीय अपराध बन्द गर्ने लगायत माग राख्दै आन्दोलनमा रहेका पीडितहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका छन् ।

काठमाण्डुको रत्नपार्क परिक्रमा गर्ने क्रममा लघुवित्त पीडितको प्रदर्शनलाई पर्यटन बोर्ड अगाडि जानबाट प्रहरीले रोकेको छ । प्रहरीले रोकेपछि केहीबेर विवाद समेत भएको थियो ।

लघुवित्त पीडितहरूले गत माघ १६ गतेदेखि पूर्वपश्चिमबाट पैदलयात्रा सुरु गरेका थिए । माग पूरा नभएसम्म काठमाण्डु नछोड्ने पीडितहरूको चेतावनी छ ।