मासिक ४ लाख ५० हजार तलबमा काम लगाइदिने भन्दै २० लाख ठग्ने व्यक्ति पक्राउ

मासिक ४ लाख ५० हजार तलबमा काम लगाइदिने भन्दै २० लाख ठग्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा पठाई मासिक ४ लाख ५० हजार तलबमा काम लगाइदिने प्रलोभन देखाएर २० लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले झापाको हल्दिबारी गाउँपालिका–१ घर भई काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–४ कपन बस्ने ४० वर्षीय बलराम भट्टराईलाई पक्राउ गरेको छ ।

भट्टराईले १ जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाई प्रतिष्ठित होटलमा मासिक ४ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी २० लाख रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डुको सुकेधाराबाट पक्राउ गरेको छ ।

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।