काठमाण्डु- नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् ।
शनिवार काठमाण्डुमा आयोजित चियापान समारोहमा बोल्दै उनले एकमत भएर गए आँदो निर्वाचनमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका हुन् ।
‘नेपाली काँग्रेस सर्वश्रेष्ठ पार्टीको रूपमा अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टी बनाउनुपर्छ । उमङ्ग र उत्साहका साथ जानुपर्छ, भविष्य हाम्रो हो । काँग्रेस पार्टीको भविष्य हो । काँग्रेस एक ढिक्का भयो भने काँग्रेसलाई कसैले पराजित गर्न सक्दैन । हामी छौँ । एकसाथ जान्छौँ । हामी कसरी अघि बढ्ने त्यो नै हाम्रो ध्येय हो । नेपाली काँग्रेसले आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन ।’, उनले भने ।
कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि लाने बताए । चियापानमा पार्टी सभापति शेरबहादुर देउवा, कृष्ण सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह गोपालमान श्रेष्ठ, महामन्त्रीहरू गगन थापा र विश्व प्रकाश शर्मालगायतका नेता तथा कार्यकर्ताहरू सहभागि भएका थिए ।




प्रतिक्रिया