काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा माग्नु प्रतिपक्षीको धर्म भएको बताएका छन् ।
शनिबार सप्तरीमा पत्रकारहरूसँग कुरा गर्दै उनले मन्त्रीको राजीनामा माग्नु प्रतिपक्षको धर्म भएको बताए ।
उनले भने, ‘राजीनामा माग्न पाउनु प्रतिपक्षका साथीहरूको आफ्नो धर्म हो । उहाँहरूले औचित्यपूर्ण ढंगले मागे राम्रो ।’
पछिल्ला दिनमा सदनमा प्रतिपक्षी दलहरूले गृहमन्त्री श्रेष्ठको समेत राजीनामा माग्ने गरेका छन् ।




प्रतिक्रिया