धनकुटा – जिल्लाको सागुररिगढी गाउँपालिका–६ स्थित भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करीब ५२ किलोसहित एम्बुलेन्स चालक पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे१च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दिवारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको टुलबक्स राख्ने स्थानमा गाँजा फेला पारी चालक जयदेवलाई पक्राउ गरिएको छ ।
बरामद गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया