प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक १.०५ अंकले बढेको छ । यससँगै सूचक २००६.८८ विन्दुमा आएको छ । २६ कम्पनीको २५ सय ५८ कित्ता सेयर कारोबार हुँदा १४ लाख ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।