काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रमजीवी पत्रकारहरूले समयमा पारिश्रमिक नपाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ ।
आइतवार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका उपनेतासमेत रहेका सांसद विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकारहरूले समयमा पारिश्रमिक नपाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
श्रमजीवी पत्रकारहरूको समस्या हल नभए लोकतन्त्रसमेत नफस्टाउने उनको भनाइ छ । ‘श्रमजीवी पत्रकारहरूले अहिले समयमा पारिश्रमिक नपाएको कुरा सडकसम्म आइपुगेको छ। पजातन्त्रको बहाली र पुनस्स्थापनामा मात्र होइन, सुशासन, पारदर्शिता र आमजनतालाई सुसूचित गर्नमा महत्वपूर्ण भूमिका खेल्दै आएका पत्रकारहरू विषम परिस्थितिबाट गुज्रिरहेका छन्’, उनले भने, ‘श्रमजीवी पत्रकारहरूले झेल्दै आएका यो समस्यालई राज्यले बेलैमा हल गर्न सकेन भने देशमा लोकतन्त्र फस्टाउन सक्दैन। राष्ट्रको चौथो अंगका रुपमा रहेका पत्रकारहरूले समयमै पारिश्रमिक पाउनुपर्ने हो कि होइन ? यसतर्फ सरकारको ध्यान जावस्।’
पछिल्लो समय विभिन्न संचार माध्यमहरूले श्रमजीवी पत्रकारहरूलाई नियमित तलब नदिएको अवस्था छ।




प्रतिक्रिया