‘प्रधानमन्त्री प्रचण्ड संसद् छलेर हिँडिरहेका छन्’

‘प्रधानमन्त्री प्रचण्ड संसद् छलेर हिँडिरहेका छन्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् छलेर हिँड्ने गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

आफूहरूले संसद्‍मा हप्तौँदेखि उठाएका विषयहरू नजरअन्दाज गर्दै प्रधानमन्त्रीले संसद् छल्नु चिन्ताको विषय भएको एमाले प्रमुख सचेतक पदम गिरिले बताएका हुन् ।

‘प्रधानमन्त्रीले संसद्लाई छलेर बाहिर हिँडिराख्नुभएको छ। यो चिन्ताको विषय हो। हामी संसद् अवरोध होस् भन्ने चाहँदैनौं,’ आज बसेको प्रतिनिधिसभा बैठकमा गिरिले भने ।

आफूहरूले मर्यादित र संयमित ढंगले संसदमा सुशासनका कुरा राख्दा पनि सरकार सुन्न तयार नभएको उनको गुनासो छ । ‘हामी मर्यादित र संयमित ढंगले मुलुकमा सुशासनका निम्ति खबर गर्दै आएका छौँ। संसद्मा हामीले हप्तौंदेखि यो विषय उठाउँदा सुन्न तयार छैन,’ उनले भने।