भोलिदेखि गण्डकी प्रदेशको हिउँदे अधिवेशन हुँदै

भोलिदेखि गण्डकी प्रदेशको हिउँदे अधिवेशन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन भोलि बुधवारदेखि सुरू हुँदैछ ।

प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बिउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेश हुने जानकारी दिइन् ।

सरकारले अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेश गर्ने निर्णय गरेको छ ।

उनले भनिन्, ‘हिउँदे अधिवेशनमा ७ वटा विधेयक अगाडि बढाउने तयारी छ ।’

यसअघि प्रदेश मामिला तथा कानून समितिद्वारा आमसञ्चार सम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बिउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित थियो ।