चन्द्रागिरिमा सशस्त्र प्रहरीको आपतकालीन उद्धार अभ्यास (तस्वीरहरू)

चन्द्रागिरिमा सशस्त्र प्रहरीको आपतकालीन उद्धार अभ्यास (तस्वीरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चन्द्रागिरिमा केवलकार आपतकालीन उद्धार अभ्यास-२०८० सम्पन्न भएको छ ।

मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौंको आयोजना र चन्द्रागिरि हिल्स लिमिटेडको सहकार्यमा उक्त अभ्यास सम्पन्न भएको हो ।

नं. ९ पशुपतिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा केवलकारमा समस्या आई विचमा रोकिएर आपतमा परेका यात्रुहरुको सुरक्षित उद्धारमा परिचालन हुनको लागि पूर्वतयारी अनुरुप आपतकालीन उद्धार अभ्यास गरिएको हो ।

नायव महानिरीक्षक पुरुषोत्तम थापाले जुनसुकै प्राकृतीक तथा यान्त्रिक खरावीका कारण केवलकारमा सवार यात्रुहरुबीच बाटोमै रोकिन सक्ने जोखिमको सम्भावना अत्याधिक रहने र यसरी रोकिएका यात्रुहरुलाई निश्चित समयमै उद्धार गर्न उद्धारकर्ताले सामना गर्नुपर्ने परिदृष्यको वास्तविकता झल्को दिने अभ्यास प्रभावकारी एवं महत्वपूर्ण हुने बताए ।

चन्द्रागिरि हिल्सका प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले सशस्त्र प्रहरी बल, नेपालले प्रर्दशन गरेको पूर्व तयारीको यस्ता अभ्यासले जोखिममा परेका यात्रुहरुको हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपत्यकास्थित सशस्त्र प्रहरी बल, नेपाल गणहरुका गणपति तथा गुल्मपतिहरु, नेपाल प्रहरीका अधिकृत, चन्द्रागिरि हिल्सका कर्मचारी र संचारकर्मीहरुको समेत उपस्थिति थियो ।