काठमाण्डु- नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
मंगलबार बसेको बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा अध्यक्ष पद आफ्नो पार्टीले पाउनुपर्ने माग राखेका थिए । यसबारे सत्ता गठबन्धनमा कुरा मिलाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी कमिटी सदस्यहरुले सुझाव दिएका थिए ।




प्रतिक्रिया