काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर नयाँ पार्टी गठनको तयारीमा लागेका नेता राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्तिले निषेधाज्ञा तोड्न खोज्दा माइतीघर मण्डलामा धकेलाधकेल भएको छ ।
काठमाण्डुको कमलपोखरीबाट मार्चपास गर्दै भद्रकाली पुगेर निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा प्रहरीसँग प्रदर्शनकारीको धकेलाधकेल भएको छ ।
सरकारले जारी गरेको निषेधाज्ञा तत्काल खुला गर्न माग गर्दै प्रदर्शनकारीले नारा लगाउँदै प्रदर्शन गरेका छन् ।




प्रतिक्रिया